२०८१,८,२८
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।आजदेखि मध्यम अण्डाको मूल्य चार सय ७० रुपैयाँ प्रतिक्रेट तोकिएको छ । यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ८५ रुपैयाँ पुगेको हो ।
यसअघि मङ्सिर २२ गते सङ्घले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ७० रुपैयाँ तोकेको थियो ।सङ्घले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी एक सय ४० रुपैयाँ थप लाग्ने जनाएको छ ।