राजनीति

स्थिरता, स्थायित्व र सुशासनका लागि वर्तमान सरकार बनेको होः प्रधानमन्त्री

मंसिर २६,  बुधबार

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताउनुभएको छ ।बुधवार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताउनु भयो ।

उहाँले आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शैय्याको अस्पताल निर्माण गर्न शुरु गरेको र अहिले सय भन्दा बढी सञ्चालन भइरहेको बताउनु भयो । उहाँले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले देशभरका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

Related Post
Share

This website uses cookies.