पाठयक्रम मै ट्राफिक शिक्षा समाबेश गर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

पाठयक्रम मै ट्राफिक शिक्षा समाबेश गर्नुपर्ने

traffic euucation

काठमाडौं, १७ माघ । बिधालयका पाठयक्रम मै ट्राफिक शिक्षा समाबेश गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन ।ललितपुर उद्योग बाणिज्य संघ र महानगरिय ट्राफिक प्रहरी ललितपुरले आयोजना गरेको स्कुलमा ट्रफिक शिक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरुले बिद्यालय स्तर देखि नै सडक अनुशासन आवश्यक भएकाले ट्राफिक शिक्षालाइ बिद्यालय पाठयक्रम मै समाबेश गर्नुपर्नेमा जोडदिएका थिए ।

कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी परिसरका महानिरिक्षक सर्बेन्द्र खनालले सडक अनुशासन ट्राफिकलाई देखेर मात्र हैन सधै पालना गर्न विद्यालयतह देखिकै पाठ्यक्रममा समावेस गर्नु उपयुक्त हुने बताए । उनले जीवन अमुल्य भएकाले यसलाई जोगाउन सबैले ट्राफिक अनुशासन पालना गर्न आग्रह गरे ।कार्यक्रममाका अन्य सहभागिहरुले पनि विद्यालय शिक्षा देखि नैं ट्राफिक नियमबारे जानकार भएमा सचेत नागरिकको उत्पादन हुने बताए ।

ललितपुरका जिल्ला शिक्षा अघिकारी देवेन्द्र खनालले अव आउने नयाँ शैक्षिक कार्यक्रममा ट्रफिक शिक्षालाई समावेश गराउनका लागि आफुले पनि पहल गर्ने बताए । कार्यक्रममा अन्य सहभागिहरुले सडक दुर्घटनाबाट जोगिन सबै नागरिकले आफनो दायित्व सम्झनुपर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);