‘जनता नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य भए’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

‘जनता नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य भए’

२०८१,८,१८

नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष डा।बाबुराम भट्टराईले स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटा छान्न बाध्य भएको प्रतिक्रिया दिएका छन्। निवार्चनको परिणामको सोझो अर्थ जनता असन्तुष्ट रहेको र विकल्प खोजेको प्रष्ट हुने उनले बताएका छन्।‘दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेका छन्’, उनी लेख्छन्, ‘यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।’

यसबाट पाठ सिकेर र आफ्ना कमजोरी सच्याएर नयाँ र वैकल्पिक शक्तिहरूले अर्कोपटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनले बताएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);