उपनिर्वाचन रास्वपाले १८ स्थानमा दिएन उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

उपनिर्वाचन रास्वपाले १८ स्थानमा दिएन उम्मेदवारी

२०८१,८,३

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी दिएको छैन ।रास्वपाले कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा उम्मेदवारी नदिएको हो ।

ओखलढुंगाको जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।यसैगरी कीर्तिपुर नगरपालिकाका मेयर पदमा र कीर्तिपुरकै वडानम्बर १ र ४ को अध्यक्षमा पनि रास्वपाले उम्मेदवारी दर्ता गराएको छैन । कीर्तिपुरको मेयर पदका लागि नगर सभापति जयराम कार्कीको नाम सिफारिस हुँदा पनि रास्वपाले उम्मेदवारी दिएन ।
यो पनि पढ्नुहोस
रास्वपा नेतालाई प्रश्न (उपनिर्वाचनमा उम्मेदवार नपाएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ र १ का अध्यक्ष, रौतहटको इशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६ तथा गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदमा पनि रास्वपा उम्मेदवारविहीन छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ५ नम्बर वडाअध्यक्ष, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष र दार्चुलाको दुहुँ गाउँपालिका ५ को वडाध्यक्ष पदमा पनि रास्वपाले उम्मेदवारी दिएको छैन ।

निर्वाचन आयोगका अनुसार, उपचुनाव हुने गाउँपालिका(नगरपालिकाका अध्यक्ष र प्रमुख गरी ८ पदमा ८४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै गाउँपालिका(नगरपालिकाको वडाध्यक्ष पदमा गरी ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply