सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेलाई अनुमोदन गर्‍यो संसदीय समितिले | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेलाई अनुमोदन गर्‍यो संसदीय समितिले

२०८१,७,२३

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ।समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो। योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए।

उनले भने, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीको लागि अनुमोदन गर्ने भनि आजको बैठकले निर्णय गरेको व्यहोरो जानकारी गराउँछु।’

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशलाई सर्वोच्च अदालतमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);