सरकारका कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाएका हौँ, डा‌. महत | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

सरकारका कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाएका हौँ, डा‌. महत

२०८१,७,२३

नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन्।यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता डा। महतले सङ्घीय, प्रदेश र स्थानीय तहमा समझादरी बढाउन संयन्त्र अवश्यक भएको बताएका छन्।

उनले भने, “धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो।” देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको प्रवक्ता डा।महतको भनाइ थियो।

अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने बताए। उनले भने, “देशभित्रै अवसर छ। विदेश मात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नुपर्छ।”

Leave a Reply