भरतपुर महानगरद्वारा खेलाडी सन्तोष भट्ट सम्मानित। | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ७ २०८१, बुधवार

भरतपुर महानगरद्वारा खेलाडी सन्तोष भट्ट सम्मानित।

२०८१,०७,०७
तेक्वान्दो खेलमा पुर्याएको योगदानको कदर गर्दै चितवन खैरहनी–१० निवासी खेलाडी सन्तोष भट्टलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।सोमबार एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालले खेलाडी भट्टलाई सम्मान पत्रले सम्मान गरेका हुन् ।

भट्ट हाल मलेसियामा होटललगायत व्यवसायमा सक्रिय छन् । त्यसका अलवा उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय तेक्वान्दो प्रतिस्पर्धामा पनि सहभागि हुने गरेका छन् ।भट्टले पछिल्लो समय विभिन्न देशमा भएका तेक्वान्दो प्रतियोगितामा पदक समेत जित्दै आएका छन् ।

उनी नेपाली तेक्वान्दो संघ मलेसियाको संयोजक , हिमालयन एकेडेमी मलेसियाको अध्यक्ष समेत हुन ।प्रवासमा रहँदा बचेको समयलाई सदुपयोग गरेर खेल क्षेत्रमा लागि परेको भट्टले बताए । उनले खेलाडीलाई सम्मान गरेकोमा भरतपुर महानगरलाई धन्यवाद समेत ज्ञापन गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);