इजिप्ट—इरानी विदेशमन्त्रीद्वारा क्षेत्रीय अवस्थाबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८१, बुधवार

इजिप्ट—इरानी विदेशमन्त्रीद्वारा क्षेत्रीय अवस्थाबारे छलफल

कार्तिक २,  शुक्रबार

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीवार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गर्नुभएको छ । यस क्षेत्रलाई युद्धमा जानबाट रोक्न जोड दिनुभयो । अब्देलाट्टीले गाजा पट्टीमा तत्काल युद्धविराम, विनाशकारी मानवीय अवस्थालाई नियन्त्रण गर्न र क्षेत्रीय स्थायित्व र सुरक्षा पुनःस्थापनाका लागि गाजामा मानवीय सहायताको बिनाशर्त वितरणको तत्काल आवश्यकतामा जोड दिनुभयो ।

उहाँले लेबनानको सार्वभौमसत्तामा हानि ५८ बाट ६० पु-याउने कुनैपनि चाललाई पूर्ण रूपमा अस्वीकार गर्दै लाल सागरमा भएको घटनाक्रम र समुन्द्री नेभिगेसन स्वतन्त्रताको सम्मान गर्ने महत्वलाई जोड दिनुभयो । यसअघि अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग वार्ता गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);