२०८१,०७,०१
प्रहरी नारा छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल साहित्यकार घनबहादुर थापा नेपाल प्रहरीद्वारा पुरस्कृत भएका छन ।६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरले थापालाई २० हजार रुपैयाँ नगद पुरस्कार र कदरपत्रद्वारा सम्मान गरेका हुुन ।
नेपाल प्रहरीले आफ्नो ६९औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित खुल्ला देश व्यापी ुप्रहरी नाराु छनौट प्रतियोगिताु आयोजना गरेको थियो । जसअन्तर्गत ुसाइबर सुरक्षामा नेपाल प्रहरीको भूमिकाु र नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भूमिकाु गरी दुई विषयसँग सम्बन्धित रहेर दुई वटा अलग अलग नारा लेखिएको हुनुपर्ने थियो ।
नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी प्रहरी नारा रचना गरिएको भन्दै थापाका दुवै विषयका दुवै नारा प्रथम भएका हुुन ।सर्वोत्कृष्ट प्रहरी नारा साइबर सुरक्षातर्फ ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ छन् ।
साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भएका छन् । उनका एकल तथा सङ्युक्त गरी छ वटा पुस्तक र करिब पाँच सय बढी लेखरचना प्रकाशित छन् भने तिमीलाई नैु गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी महानिरीक्षक कुँवरले सम्मानित सबैलाई बधाई दिँदै यसबाट सबैलाई प्रेरणा मिल्ने बताए ।
वरिष्ठ प्रहरी अधिकृत एवम् जवानहरूको उल्लेख्य उपस्थिति रहेको विशेष समारोहमा नेपाल प्रहरीसँग सम्बन्धित विविध विषय र विधामा समेत विभिन्न महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले अलङ्कार, पुरस्कार र कदरपत्र वितरण गरेका थिए ।