असोज २६, काठमाडौँ ,
आज आश्विन शुक्ल दशमी बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाएर हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ ।