लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

२०८१,०६,१७
इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइनसकेको बीबीसीले जनाएको छ ।इजरायलको आक्रमणबाट हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको ज्यान गएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् ।

अस्ति मङ्गलवार राति एकैदिन इरानले झण्डै २ सय मिसाइल इजरायली भूमिमा आक्रमण गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ । लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ ।इजरायली सेनाले लेबनानको ४ सय मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको ज्यान गएको थियो । हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ ।मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको खबरमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);