प्राकृतिक विपत्तिका बेला हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

प्राकृतिक विपत्तिका बेला हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

२०८१,०६,१३
अविरल वर्षापछि आएको बाढीपहिरोले देशका धेरैजसो राजमार्ग बन्द भएको मौका छोपेर एअरलाइन्सहरूले भाडा महँगो बनाएका छन् । आन्तरिक उडान गर्ने विमान सबैजसो कम्पनीहरूले अहिले केही गन्तव्यमा अधिकतम भाडादर लागू गरेका हुन् ।गएको बिहीवारसम्म काठमाण्डौ–विराटनगरको भाडा ५७ सय रुपैयाँ रहेकोमा आज १० हजार रुपैयाँसम्म पुगेको छ । यस्तै काठमाण्डौ–भैरहवाको भाडा आठ हजार पाँच सय रुपैयाँसम्म पुगेको छ ।

काठमाण्डौ–धनगढीको हवाई भाडा १६ हजार रुपैयाँसम्म पुगेको छ ।काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् । अहिले हवाई टिकट नै पाउन गाह्रो भएको र अर्कोतिर महँगो भाडा तिर्नुपरेको यात्रुको गुनासो छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गरेका छन ।अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै पुरानै भाडामा यात्रु उडाउन आग्रह गरेका हुुन । उनले पर्यटन मन्त्रालयले पनि हवाई यात्रुका लागि र उद्धार उडानका लागि विशेष निर्णय गरेको दाबी गरेका छन ।

Leave a Reply