प्रधानमन्त्री ओली उच्चस्तरीय भेटवार्तामा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली उच्चस्तरीय भेटवार्तामा व्यस्त

२०८१,०६,११
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन । हिजो प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङसँग आज भेटवार्ता भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन ।यस्तै पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले पनि भेट गरेका छन ।भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गरे ।

नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्त्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए। चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);