एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले ग¥यो दोस्रो स्थान सुरक्षित | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले ग¥यो दोस्रो स्थान सुरक्षित

२०८१,६,८
एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब दोस्रो स्थान सुरक्षित गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार स्याङ्जाको वालिङ नगरपालिकालाई हराएर आर्मी क्लब दोस्रो स्थान सुरक्षित गरेको हो । आर्मीले वालिङलाई आठ–शून्य गोलको फराकीलो अन्तरले हराएको हो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै विमला विके र अमिशा कार्कीले समान २ गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो ।

जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।बुधबार नै भएको दोस्रो खेलमा बाग्मती युथ क्लबले सङ्कटा क्लबलाई १का विरुद्ध ३ गोलले ह्राएको छ । बाग्मती युथका लागि गिफ्टी एचेम्पोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे । सङ्कटाका लागि टेमिलोप जेनिफरले गोल गरिन् ।जीतसँगै बाग्मती युथ ८ खेलमा १० अङ्कसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सङ्कटा क्लब ८ खेलमा ८ अङ्कसहित सातौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);