दसैँका लागि अग्रिम टिकट छिट्टै खुलाउने तयारी ,सरकार र यातायात व्यवसायी सहमत | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

दसैँका लागि अग्रिम टिकट छिट्टै खुलाउने तयारी ,सरकार र यातायात व्यवसायी सहमत

२०८१,६,५
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबीच उक्त सहमति भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभाग अन्तर्गतका सबै सडकहरू घटस्थापना अघि नै मर्मत संहार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम लगायतका प्रतिनिधिहरू सहभागी छलफलले वीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय÷नेपाल प्रहरीमा आग्रह गर्ने समेत निर्णय भएको छ । यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोर्टिङ गर्न समेत निर्देशन दिइएको छ ।

यस्तै यात्रुहरूको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

इन्धनको मूल्य घटबढ भइरहँदा समेत तीन वर्षदेखि भाडा समायोजन नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठ पर्वपछि भाडा दर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने विषयमा समेत छलफल भएको छ ।यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरूलाई सम्बोधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवम् अन्य निकायसँग सम्बन्धित सुझावहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा अनुरोध गर्ने सहमति समेत बैठकमा भएको छ ।यातायात व्यवस्थापनसँग सम्बन्धी अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्य योजना तयार गरी पेस गर्न समेत बैठकले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);