सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिस | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिस

२०८१,६,४

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही सिफारिश गरेको छ । छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानून विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते समिति बनेको थियो ।

समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।प्रतिवेदनमा विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु जीबी राई र उनका आफन्तको नाममा मात्रै सहकारी कानून विपरीत ऋण तथा पेश्की गरी दुई अर्ब ५८ करोड रुपैयाँ बराबर अपचलन भएको उल्लेख छ ।सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन यहाँ पढ्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);