कांग्रेसका युवा नेताले सडकमै बसेर किन सर्वसाधारणको जुत्ता पालिस गरे ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

कांग्रेसका युवा नेताले सडकमै बसेर किन सर्वसाधारणको जुत्ता पालिस गरे ?

जुत्ता पालिस गरेकाे ज्यालापावत केही वेरमै ३३ हजार रुपौयाँ कमाइ

रमेश वाग्ले

काठमाडौं, १६ माघ। मंगलबार कांग्रेसका केही युवा नेताले सडकमै बसेर जुत्ता पालिस गरे । कांग्रेसका युवा नेता धनराज गुरुङ, चन्द्रभण्डारी सहितका नेताहरुले नयाँ बानेश्वरको सडक पेटीमा बसेर जुत्ता पालिस गर्दै कामको सम्मान र राजनीतिक सुद्धीकरणको सन्देश दिने प्रयास गरेका हुन् ।

मंलबार विहानै कांग्रेसका युवा नेता धनराज गुरुङ, चन्द्र भण्डारीसहित अन्य नेताहरुले बानेश्वरको सडकमा बसेर धमाधम जुत्ता पालिस गरे । हेर्नेहरु छक्क परे ।  उनीहरु जुत्ता पालिस गरेर पैसासमेत लिइरहेका थिए । समान्य जुत्ता पालिस गर्नेले जुत्ता पालिस गरेर २० रुपैयाँ पाउँछ । तर, उनीहरु धमाधम हजारका नोट ज्याला वापत बुझिरहेका थिए ।

रोचक पक्ष त के थियो भने नेपाली कांग्रेसका नेता धनराज गुरुङ जुत्ता पालिस गर्दै थिए भने कांग्रेसकै नेता राधेश्याम अधिकारी जुत्ता नखोलीकन पालिस गराइरहेका थिए । उनले पनि गुरुङलाई एकहजार रुपैयाँ ज्याला वापत तिरेका थिए ।

त्यसरी पालिस गर्नेहरुले ज्यालापावत केही वेरमै ३३ हजार रुपौयाँ प्राप्त गरे । उक्त रकम नेताहरुले ‘कृष्णप्रसाद भट्टराई प्रतिष्ठान’लाई हस्तान्तरण गरेका छन् । स्वर्गीय सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको आयोजनामा भएको जुत्ता पालिस कार्यक्रमलाई किशुनजीको सपना साकार पार्ने अभ्यास भएको कांग्रेस नेताहरुले बताएका छन् ।

उनीहरुले हरेक महिना केही न केही नयाँ काम गर्ने अभियानस्वरुप जुत्ता पालिस कार्यक्रम गरिएको बताए । नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले राजनीतिमा सुद्धीकरणका लागि भन्दै कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा कांग्रेस युवा नेताहरुका साथमा प्रतिष्ठानका महासचिव विनोद भट्टराई पनि सडकमा बसेर जुत्ता पालिस गरिरहेका थिए । उनी कांग्रेस संस्थापक नेता भट्टराईका भतिजा हुन् । सन्त नेता भट्टराईले प्रधानमन्त्री भएका वेला मात्र हैन प्रधानमन्त्रीका रुपमा कुटनीतिक भ्रमणमा जाँदासमेत आफै जुत्ता पालिस गरे ।

जुत्ता पालिस गर्नुमा सन्त नेता भट्टराईको भनाइ थियो – ‘मैले आफैले जुत्ता पालिस गरेभने म हिलो र धुलोबाट जोगिएर हिड्छु, म राजनीतिक प्राणी हुँ, राजनीतिमा पनि थुप्रै हिलो र धुलो छ, त्यहाँ जोगिनका लागि पनि म यो अभ्यास गर्छु ।’

भट्टराईको जीवन पद्धति अवलम्बन गर्न नसकेका नेताहरुले उहाँको भनाईबाट प्रभावित भएर एक दिन यो अभ्यास त थालेका छन्, तर प्रश्न, त्यो अभ्यासलाई युवा नेताहरुले जीवन पद्धति बनाउन सक्छन् सक्दैनन् भन्ने हो ? एकदिन मात्र जुत्ता पालिस गर्दा श्रमको सम्मान त भएको छ तर राजनीतिमा सुद्धीकरणका लागि यो अभ्यासलाई जीवनपद्धति बनाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);