भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा

२०८१,६,२

भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । थिमिमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ । आजको जात्रामा मध्यपुर थिमि–४ का बासिन्दा विरेन्द्रभक्त श्रेष्ठले तेश्रो पटक जिब्रो छेडाउँदै हुनुहुन्छ ।

यसभन्दा अघि उहाँले २०७४ र २०७९ सालमा जिब्रो छेडाउनु भएको थियो । आज बेलकी साढे ७ बजे वडा नम्बर–५ दिगुटोलको डबलीमा जिब्रो छेडाएपछि श्रेष्ठले काठमाण्डौको पशुपतिनाथको दर्शन गर्ने तयारी छ ।

जिब्रो छेडाउने व्यक्तिले झण्डै २५ किलोको महाद्धिप बोकेर खाली खुट्टा थिमिका विभिन्न मन्दिरको दर्शन गरेपछि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । यसरी पशुपतिनाथको दर्शन गरेपछि महाद्धिपसहित थिमिमा फर्केपछि जिब्रोमा छेडिएको १० इन्च लामो त्रिशुल आकारको सियो निकालिन्छ ।

जात्राको समापन बालकुमारी परिसरमा गरिन्छ । यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने विश्वास छ । मध्यपुर थिमिमा हरेक वर्ष आजका दिन र वैशाख दुई गते गरेर दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);