यात्रा इजाजत प्राप्त हतियारसमेत सरकारी र सार्वजनिक स्थलमा लैजान नपाइने | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

यात्रा इजाजत प्राप्त हतियारसमेत सरकारी र सार्वजनिक स्थलमा लैजान नपाइने

२०८१,६,१
सरकारबाट इजाजत लिएका यात्रा हतियार अब सरकारी कार्यालय र सार्वजनिक स्थलमा लैजान नपाइने भएको छ । सरकारले एक सूचना जारी गरेर इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवम् सार्वजनिक स्थलमा लैजान नपाइने जनाएको हो ।

यात्रा इजाजतपत्र प्राप्त हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने सूचनामा उल्लेख छ ।

मुख्यगरी सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक गाडी, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा शपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रमा समेत ती हतियार लैजान नपाउने गरी निषेध गरेको गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षकले अदालत परिसरमा हतियार लगेको भेटिएपछि सर्वोच्चले त्यस विषयमा आवश्यक कानून बनाउन आदेश दिएअनुसार सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);