देशका केही ठाउँमा बिहानैदेखि वर्षा स् केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

२०८१,६,१
मनसुनी वायुको प्रभावले कोशी र बाग्मती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भाग तथा मधेश प्रदेशका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा बेलुका ठूलो पानी पर्नसक्ने सम्भावना छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएकोले अबको केही दिन काठमाण्डौ उपत्यकासहित देशका अरु पहाडी क्षेत्रमा बेलुकापख हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताउनुभयो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);