एन्फा कार्यसमिति बैठक शुरु, २३ बढी एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

एन्फा कार्यसमिति बैठक शुरु, २३ बढी एजेण्डा

भाद्र ११, २०८१ मंगलबार

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक शुरू भएको छ ।एन्फाको केन्द्रिय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केहीबेर अघि मात्रै शुरू भएको हो । बैठकमा २३ बढी विभिन्न एजेण्डा रहेको बताइएको छ ।  नयाँ आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र ए.एफ. सीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आ.व. २०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने अखिल नेपाल फुटबल संघको अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो । आजको बैठकमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले पेश गर्ने छुट्टै एजेण्डामा पनि छलफल हुने बताइएको छ

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);