सांसद सुमना श्रेष्ठले उठाइन् प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

सांसद सुमना श्रेष्ठले उठाइन् प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न

भाद्र ६, २०८१ बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागिय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताउनु भयो । उहाँले यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको बताउनु भयो । उहाँले शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको भन्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुनुमा प्रधानमन्त्रीको कार्य क्षमतामा प्रश्न उठेको बताउनु भयो । उहाँले शिक्षालयमा राजनीति पस्न दिनु नहुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);