भाद्र ६, २०८१ बिहीबार
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई सुरक्षा दिन सरकारसँग माग गर्नुभएको छ ।बिहीवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रार सुरक्षाको कारण देखाउँदै कार्यालयमा अनुपस्थित भएको भन्दै उहाँहरुलाई सुरक्षा दिन सरकारसँग माग गर्नुभएको हो ।
उहाँले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु के कारणले असुरक्षित भएका हुन भन्ने कारण जानकारी गराउन पनि माग गर्नुभयो । उहाँले राजनीतिक समस्या भए वार्ताद्वारा हल गर्न र अपराधजन्य समस्या भए कानुनी प्रक्रियाबाट नियन्त्रण गर्न आग्रह गर्नुभयो ।
सांसद दाहालले विपि राजमार्गमा धेरै दुर्घटना हुँदा जनधनको क्षति हुने गरेको भन्दै विपि राजमार्गमा तत्काल सुरुङमार्ग निर्माण कार्य अगाडी बढाउन पनि माग गर्नुभयो ।