भाद्र ६, २०८१ बिहीबार
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको बताउनुभएको छ ।सिरहा र धनुषामा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बिहीवार बिहान जनकपुर पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने बताउनु भयो । उहाँले संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्ने, विकास निर्माणका कामहरुलाई दु्रत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको बताउनु भयो । उहाँले सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गर्नुभयो ।
उहाँले गृहमन्त्री लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून बनाउन लागिएको पनि जानकारी दिनुभयो । नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने बताउनु भयो ।
प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु हुने उहाँको दाबी छ ।