वाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

वाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने

श्रावण १३, २०८१ वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् ।

उनले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिनका लागि सदन आह्वान गरिदिन आग्रह गरेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य भएको हो । प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ मत रहेको छ ।

सरकार जोगाउन लामालाई ५६ मत भए पुग्छ । लामाले मन्त्रीपरिषद विस्तार गरिसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);