सुनको मूल्य एक हजारले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

सुनको मूल्य एक हजारले बढ्यो

श्रावण १३, २०८१ काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा रु १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ४० निर्धारण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);