पेरिस ओलम्पिक अन्तर्गत पहिलो खेलमै नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको हार | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

पेरिस ओलम्पिक अन्तर्गत पहिलो खेलमै नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको हार

२०८१ श्रावण १३ पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् ।
समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग सोझो सेटमै पराजित भएका हुन् । प्रिन्सका लागि भिक्टर निकै उत्कृष्ट सावित भए ।

प्रिन्स ८–२१ र ६–२१ स्कोर सहित सोझो सेटमै पराजित भएका हुन् । यद्यपी प्रिन्सले अझै दुई खेल खेल्न बाँकी रहेको छ ।

ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्सले अब आयरल्यान्डका नियात नुयन ४३औं वरीयता र इजरायलका मिसा जिल्वरमन ५९औं वरीयता विरुद्ध खेल्नेछन् ।

प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् । कुल ६ खेलका ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेका छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);