आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

२०८१ श्रावण १३ आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ । यो वर्षका लागि ‘यो काम गर्ने समय हो’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ ।

हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिने चिकित्सकहरुले बताएका छन् ।

कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म गरी पाँच प्रकारका हुने चिकित्सकहरुको भनाई छ ।

तुलनात्मक रुपमा हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुने गर्छ । ज्वरो आउनु, शरीर पहेँलो हुनु, वाकवाकी, लाग्नु, खान मन नलाग्नु, जिउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु आदि यो रोगका लक्षणहरु रहेका छन् ।

चिकित्सकहरुका अनुसार दुषित पानी तथा खानेकुराको सेवन गर्नाले, सरसफाइमा ध्यान नदिनाले, विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग सर्ने गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हेपाटाइटिस सम्बन्धि रोगबाट विश्वमा प्रत्येक एक सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने गरेको छ ।

हेपाटाइटिस बी र सीबाट मात्रै हरेक वर्ष ११ लाख मानिसको मृत्यु हुने गरेको र २ दशमलब २ मिलियन नयाँ विरामी थपिने गरेका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);