बंगलादेशमा हिंसा भड्किएपछि ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

बंगलादेशमा हिंसा भड्किएपछि ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवार साँझसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् ।

हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको हो ।

नेपाली दूतावासले बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको बताईएको छ । बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली पनि शुरु गरेको छ ।

समस्यामा परेका नेपाली विद्यार्थी तथा अभिभावक एवंम् आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले स्थापना गरेको लिंकमा गएर अनलाइन निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

निवेदन बंगलादेशबाट मात्रै नभई आफन्ताहरुले नेपालबाट पनि दिन सक्ने मन्त्रालयले जनाएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);