सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

केहि दिनयता सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँले बढी हो । पछिल्लो तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

यसअघि आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तथा सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य भने आज प्रतितोला १० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);