अफगानिस्तानमा सडक दुर्घटनाः ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

अफगानिस्तानमा सडक दुर्घटनाः ६ जनाको मृत्यु

काठमाडौं  असार ३०, २०८१ – उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले शनिबार जनाएको छ।

प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो ।

त्यसैगरी, प्रान्तको राजधानी पुल–ए–खुमरी शहरको हुसेनखैल क्षेत्रमा शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);