सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत

सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ ।

सनाखत गरिएको शव चितवनको माडी नगरपालिका–१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको हो ।

मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि गैंडाकोटमा भेटिएको अर्को शवको पनि सनाखत भइसकको छ ।

उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ । उनी रौतहटको गौर जानको लागि काठमाण्डौको जोरपाटीबाट गणपति डिलक्सको बस चढेका थिए । भेटिएको शवलाई भाइ लगायतका आफन्तले सनाखत गरिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न प्रविधि र उपकरण प्रयोग गरेर खोजी जारी राखेपनि अझै बस र यात्रु भेटिएका छैनन् । खोजीमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर टोली परिचालन छन् ।

स्थानीयले पनि प्रहरी र सेनालाई साथ दिइरहेका छन् । तर त्रिशूली निकै गहिरो रहेको र अहिले बहाव तीव्र रहेकाले पानीमुनि पुगेर खोजी गर्न समस्या भएको छ । ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ ।

ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी खोजी जारी रहेपजि अझै सफलता हात लागेको छैन । ०००

Leave a Reply