सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८१, बिहीबार

सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत

सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ ।

सनाखत गरिएको शव चितवनको माडी नगरपालिका–१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको हो ।

मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि गैंडाकोटमा भेटिएको अर्को शवको पनि सनाखत भइसकको छ ।

उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ । उनी रौतहटको गौर जानको लागि काठमाण्डौको जोरपाटीबाट गणपति डिलक्सको बस चढेका थिए । भेटिएको शवलाई भाइ लगायतका आफन्तले सनाखत गरिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न प्रविधि र उपकरण प्रयोग गरेर खोजी जारी राखेपनि अझै बस र यात्रु भेटिएका छैनन् । खोजीमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर टोली परिचालन छन् ।

स्थानीयले पनि प्रहरी र सेनालाई साथ दिइरहेका छन् । तर त्रिशूली निकै गहिरो रहेको र अहिले बहाव तीव्र रहेकाले पानीमुनि पुगेर खोजी गर्न समस्या भएको छ । ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ ।

ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी खोजी जारी रहेपजि अझै सफलता हात लागेको छैन । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);