अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८१, शुक्रबार

अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

गोली लागेर घाइते भएपछि भुइँमा लडेका ट्रम्प माथि ४ वटा गोली प्रहार भएको प्रारम्भीक खवर छ । एकजना पुरुष बन्दुकधारीले गोली हानेको बताइएको छ ।

सुरक्षाकर्मीको गोली लागेर आक्रमणकारी मारिएका छन् । ट्रम्प खतरामुक्त रहेको बताइएको छ । अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा गोली प्रहार भएको हो। गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ ।

अर्का एक दर्शकको अवस्था गम्भीर छ। अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको जनाएका छन्। कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ।

राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताउनु भएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);