शुक्रबार, असार २८, २०८१ काठमाडौं । सुशासनसँग डराएर कांग्रेस र एमालेले अँध्यारो कोठामा झुठमुठको सहमति गरेको आरोप लगाउनु भएको छ ।
प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफुलाई सहमति भएको भोलिपल्टसम्म पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले झुक्याएको बताउनु भयो ।
अखबारमा सहमतिको तस्वीरसहित समाचार आउँदा समेत आफुलाई झुक्याएको आरोप प्रधानमन्त्री प्रचण्डले लगाउनुभयो । सरकारले सुशासन कायम गर्न थालेको डर र भयले एमाले कांग्रेसलाई जोडेको जिकिर उहाँले गर्नुभयो ।
ठूलो वा प्रमुख दलका हैसियतले कांग्रेसलाई विश्वासले जोड्नु पर्नेमा एमालेले आफ्नो सरकारबाट खुट्टा झिकेर धोका दिएको आरोप प्रधानमन्त्री प्रचण्डले लगाउनु भएको छ । रहस्यमयपूर्ण रुपमा बन्द कोठामा गरिएको समहमतिलाई जनताले अनुमोदन नगर्ने उहाँले बताउनुभयो ।
अहिलेको सहमतिले संविधानको भविष्य समेत संकेटमा पर्ने देखेको बताउनुहुँदै संविधान निर्माणमा सबैभन्दा ठूलो लगानी माओवादी केन्द्र कै रहेको दावी गर्नुभयो ।