काठमाडौंबाट रौतहट  जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ  आउँदै गरेको बस त्रिशूलीमा खसे, ६५ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८१, शनिबार

काठमाडौंबाट रौतहट  जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ  आउँदै गरेको बस त्रिशूलीमा खसे, ६५ जना बेपत्ता

२०८१ असार २८, शुक्रबार नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका छन्।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल बस आज बिहान साढे ३ बजे त्रिशूलीमा खसेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ  गरेको बसमा २४ जना रहेका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);