आजदेखि नेपाल आसपास उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुँदै, मनसुन फेरी सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

आजदेखि नेपाल आसपास उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुँदै, मनसुन फेरी सक्रिय

आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावनासँगै मनसुन फेरी सक्रियहुने देखिएको छ ।

देशभर मनसुन सक्रिय रहेकोले बुधबारातिदेखि धरै ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेशमा मुसलधारे पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा १ सय ६९ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

महोत्तरीमा १ सय ४३ दशमलव ४ , गोरखामा १ सय १० दशमलव ८ , पर्वतमा ८८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर ठाउँको आसपास र पूर्वमा सरदरभन्दा उत्तरतर्फ रहेको र मनसुन न्यूनचापीय रेखा नेपालतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएकोले सतर्कताका लागि महाशाखाले अनुरोध गरेको छ ।

शनिबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको बुलेटिन अनुसार नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा रहेका छन् । कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला भने न्यून जोखिममा छन् ।०००

Leave a Reply