संघीय संसद्अन्तर्गत आज संसदको दुवै सदनको बैठक, दिउँसो ४ बजे सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

संघीय संसद्अन्तर्गत आज संसदको दुवै सदनको बैठक, दिउँसो ४ बजे सुरु

२७, आषाढ २०८१ संघीय संसद्अन्तर्गत आज संसदको दुवै सदनको बैठक बस्दै छ ।

संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभा बैठक दिउँसो ४ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने छ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरीप्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नुहुने छ ।

भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);