स्पेन युरो २०२४ को फाइनलमा, फ्रान्स माथि २–१ गोल अन्तरको पुनरागमन जित गर्दै १२ बर्षपछि उपाधि नजिक | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८१, शुक्रबार

स्पेन युरो २०२४ को फाइनलमा, फ्रान्स माथि २–१ गोल अन्तरको पुनरागमन जित गर्दै १२ बर्षपछि उपाधि नजिक

स्पेन युरो २०२४ को फाइनलमा पुगेको छ ।

जर्मनीको म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गर्दै स्पेनले १२ वर्ष पछि युरोको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नवौं मिनेटमा नै फ्रान्सले लिएको अग्रता भंग गर्दै स्पेन उपाधि नजिक पुगेको हो । किलियन एमबाप्पेको क्रसमा रान्डाल कोलो मुआनीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

२१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । १६ वर्षीय लामिन यमालले बक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहार गोल भएको हो ।

त्यसको चार मिनेटपछि नै २५औं मिनेटमा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोले विजयी गोल गरेका हुन् । तीन पल्टको च्याम्पियन स्पेन युरो इतिहासमै लगातार ६ खेल जित्ने पहिलो टिम बनेको छ र अब चौथो उपाधिबाट एकै खेल मात्र टाढा छ ।

स्पेनले आज हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।

स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ । २०१२ को फाइनलमा इटालीलाई ४–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको स्पेन फेरी युरो च्याम्पियन बन्ने प्रयासमा छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);