सप्तकोशी नदीको बहाव उतारचढाव भएसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सप्तकोशी नदीको बहाव उतारचढाव भएसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता

१९ असार २०८१ सप्तकोशी नदीको बहावमा उतारचढाव भएसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ ।

जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै सुनसरी र सप्तरीका तटीय भेगमा उच्च सतर्कता सहितको आवश्यक तयारी गरिएको हो ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा बसेको आकस्मिक नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीका कार्यलाई
तदारुकताका साथ बढाउने निर्णय गरेको छ ।

बाढीसँगै कोशीमा डुंगा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको छ ।बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय समेत गरेको छ ।

सप्तकोशीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका स्परको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ ।

नेपाली पक्षको समन्वयमा त्यस क्षेत्रमा भारतीय पक्षले तारजाली र बालुवा भरिएका बोरा राखीरहेको छ ।

कोशी ब्यारेजमा सम्पन्न प्रजिअसहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तिब्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्युनिकरणका सवालमा समेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण समेत गरेको छ । सप्तकोशी नदीमा केहि दिन यता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ । जलस्तर बढ्दा पछिल्ला केही वर्ष यता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);