रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत,दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र रिफर | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत,दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र रिफर

काठमाडौं रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ ।

रोल्पाको घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटनाहुँदा मृत्यु भएका सात जनाको सनाखत भएको हो ।

दुर्घंटनामा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी जुनमाया खड्का, कर्मा घर्ती मगर, खड्गबहादुर डाँगी ,अमृता घर्ती उनकी १८ महिनाकी छोरीको मृत्यु भएको छ।

त्यस्तै परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी रामकली पुन र झुपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र रिफर गरिएको छ । घाइते खगेन्द्र बाँठाको रोल्पामै उपचार जारी छ ।

सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर भने उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);