संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपरान्ह ३ बजे बस्ने | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपरान्ह ३ बजे बस्ने

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक आज अपरान्ह ३ बजे बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल हुने छ । आर्थिक विधेयक २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिने छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने छ । राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गरिने र राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिने छ ।

अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने छ । यस्तै भन्सार महशुल विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गरिने छ ।

यसैगरि भन्सार महशुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिने छ । अर्थमन्त्री वर्षमान पुनले भन्सार महशुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);