निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय

सरकारले निलम्वित मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्वन हुनुभएको बताउनु भयो ।

उहाँले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको बताउनु भयो ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने पनि निर्णय गरेको छ । इइइ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);