अर्थ ⁄ वाणिज्य

काठमाण्डौमा आँप महोत्सव

काठमाडौं, असार ७ काठमाण्डौ – काठमाण्डौमा आजदेखि आँप महोत्सव शुरु हुँदैछ।

किसान भेञ्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा आँप महोत्सव हुन लागेको हो । पर्सि आइतवारसम्म चल्ने महोत्सवको उद्घाटन आज बिहान ११ बजे पानीपोखरीको वालनट बिस्ट्रोमा हुनेछ ।

त्यसपछि काठमाण्डौ अर्गानिक्सको कार्यालय बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिने आयोजकले जनाएको छ ।

तीनवटै ठाउँमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आँपको प्रदर्शनी र बिक्री हुने छ ।

नेपाली आँपको प्रचलन बढाउन, नेपाली किसानलाई प्रोत्सहन गर्न र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्याउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्बई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँपहरू उपलब्ध हुने आयोजकले जनाएको छ ।

Share

This website uses cookies.