प्रतिनिधिसभा बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८१, बुधवार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

pratinidhi sava

प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

आज सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने
संसद्को कार्यसूचीमा उल्लेख छ । त्यस्तै सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमघटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

आज स्वास्थ्य तथा जनसंख्यामन्त्री, वन तथा वातावरणमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शहरी विकासमन्त्री, रक्षामन्त्री, खानेपानीमन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);