आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

सोमबार, ३ असार २०८१काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् चाड बकर इद  इदुल जोहा देशभरका मस्जिदमा मनाइँदै छ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);