रुकुम पश्चिमको मुसिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८१, सोमबार

रुकुम पश्चिमको मुसिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ खलंगाबाट बाँफिकोट गाउँपालिका–४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको डबल क्याप बोलेरो मुसिकोट १ नेपानेमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिकाका २७ वर्षीय सौगात विक र सुर्खेत बराहताल गाउँपालिकाका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिकका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिकाका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन् ।

उनीहरूमध्ये सुजल र टीकारामको अवस्था गम्भीर छ ।

उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब २०० मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);