प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित, बजेट पुस्तिका अध्ययनका लागि दलहरूले मागे समय | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित, बजेट पुस्तिका अध्ययनका लागि दलहरूले मागे समय

प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित भएको छ ।
सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । अब २९ गतेदेखि नियमित छलफल हुने बताईएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।

बैठकमा मुख्य सचिव डाक्टर बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए । ०००लागि दलहरूले मागे समय,

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);