आज विश्व वातावरण दिवस,हाम्रो भूमि हाम्रो भविष्य नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८१, बुधवार

आज विश्व वातावरण दिवस,हाम्रो भूमि हाम्रो भविष्य नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । यस वर्ष वातावरण दिवसको नारा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने रहेको छ ।

दिवसका अवसरमा देशका विभिन्न ठाउँमा सरकार लगायत विभिन्न संघसंस्थाले वृक्षारोपण गर्दैछन् ।

दिवसको अवसरमा जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र समाधानमा विषयमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ ।

नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण, ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने समेत व्यवस्था रहेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);