भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ एनडीएको अग्रता | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८१, मंगलबार

भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ एनडीएको अग्रता

जेठ २२, २०८१ भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले दुई सय ९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन दुई सय ३७ सिटमा अगाडि छ ।

कंग्रेससहितका केही दल मिलेर इन्डिया गठबन्धन बनाएका थिए । अन्य दल १४ सिटमा अगाडि रहेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी इन्डिया टिभीले जनाएको छ ।

५ सय ४२ लोकसभा सिटको मतगणना अहिले भइरहेको हो । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।

त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका थिए ।

सम्पूर्ण नतिजा आएसँगै अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो पनि लाग्नेछ ।

पाँच सय ४३ सदस्यीय लोकसभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो ।

लगत्तै सार्वजनिक भएको एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने प्रारम्भिक अनुमान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);